Safal saugat gold and silver jewellers

Safal saugat gold and silver jewellers Gold and silver jewellery shop. OUR PAGE FOR THOUGH COSTAMER WHO WANTS INFORMATION ABOUT GOLD AND SILVER JEWELLERYS..

20/12/2025
26/07/2025

&

26/07/2025

&

26/07/2025

&

26/07/2025

26/07/2025

21/07/2025

#के_गहना_बनाउँदा_साच्चै_जर्ती_नलाग्ने_हो_?

🟡 नेपालमा बैंकदेखि उपभोक्ता सम्म सुनको गहना पुग्ने प्रक्रिया:
👉️ नेपाल राष्ट्र बैंकद्वारा सुन आयात
नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारबाट सीमित मात्रामा कच्चा सुन (mostly gold bars) आयात गर्छ।

यो सुन अधिकृत बैंकहरू (जस्तै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक आदि) मार्फत बिक्रीका लागि उपलब्ध गराइन्छ।

👉️ लाइसेन्स प्राप्त सुन एजेन्टहरू:
नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त थोक एजेन्टहरू (Authorized Bullion Traders) ले बैंकबाट निश्चित मात्रामा सुन खरिद गर्छन्। उनीहरूले बैंक मार्फत् २% 'बिलासिता कर' राज्यकोषमा जान्छ।

अर्थात् यदि सुनको मूल्य १०% सरकारी कर(TAX) सहित २ लाख छ भने अब २% जोडेर २ लाख ४ हजार तिरेर एजेन्टहरूले किन्नेछन् र अब सुनको बजार मुल्य २ लाख ४ हजार तोकिनेछ।

हाल नेपालमा यस्ता १०–२० जति लाइसेन्स प्राप्त एजेन्टहरू छन् (संख्या समय अनुसार घटबढ हुनसक्छ)।

👉️ सुन व्यवसायी (ज्वेलर्स)/ कालिगड

यी थोक एजेन्टहरूबाट स्थानीय सुन व्यवसायीहरूले (ज्वेलर्स) कच्चा सुन खरिद गर्छन्। ब्यवसायीले एजेन्टहरुलाई दुई लाख चार हजार र २% 'बिलासिता कर' अर्थात् 2,04,000+4080/-= 2,08,080/- (दुई लाख आठ हजार असी रुपैयाँ तिरेर सुन खरीद गर्नेछन्।

ज्वेलर्सहरू/कालीगडहरुले त्यसलाई पगाली गहना बनाउने (Designing, Crafting) काम गर्छन्। सुनलाई पगाल्दा, पिट्दा, विभिन्न स्वरुप(dedign) गर्दा गहनाको डिजाइन अनुसार सुन टुक्र्याउँदा, रेत लगाउँदा, छिनोले बुट्टा काट्दा /मेसिनले छिलेर (cutting) गर्दा सुन घट्ने गर्दछ।

अर्थात् १ तोला सुन लिएर गहना बनाउने क्रममा डिजाइन अनुसार धेरै/थोरै घटेर मात्रै गहना तयार हुने गर्दछ। यसरी घटेको सुनलाई "जर्ती" भनिन्छ।

बेरुवा औंठी, तिलहरी, झुम्का, मुन्द्रा, सिक्री जस्ता सुनको गहनाहरु लामो समयसम्म लगाउँदा मात्रै त घट्छ भने बनाउँदा सुन घट्दैन, जर्ती लाग्दैन भन्नू मुर्खता हो। अहिले केही ब्यवसायीले गहना बनाउँदा जर्ती लाग्दैन ज्याला मात्रै लाग्ने हो भनेर उपभोक्तालाई लोभ देखाएर नयाँ ढंगले ठगी गर्दैछन्।

👉️ गहना निर्माणपछि बजारमा बिक्री गर्दा उपभोक्ता लाई सुनको मुल्य प्रति तोला २ लाख ८ हजार ८० रुपैया पर्नेछ।
अनि त्यसमा २% बिलासिता कर (Luxury Tax) थपिन्छ र खुद सुनको मुल्य मात्रै दुई लाख बार्ह हजार दुई सय बयालीस रुपैयाँ (2,12,242/-) पर्छ भने त्यसमा डिजाइन अनुसार "जर्ती" र ज्याला जोडिनेछ।

यदि जर्ती/ज्याला १०% मान्ने हो र बहुमुल्य पत्थर राखेको छैन भने अब एक तोलाको गहनाको मुल्य दुई लाख तेत्तीस हजार चारसय छैसठ्ठी रुपैयाँ ( 2,33,466/-) पर्छ। अझै गहनामा पत्थर राख्यो भने र यदि पत्थरको मुल्य बीस हजार भए १३% VAT सहित (20,000+13% = 22,600/-) थपिनेछ। यसो गर्दा १ तोला सुनमा २०,०००/- मुल्यको पत्थर राखेर गहना बनाउँदा उपभोक्ताले दुई लाख छप्पन हजार छैसठ्ठी रुपैयाँ (2,56,066/-) पर्छ।

💰️अर्थमन्त्रीले भने जस्तै यी करहरू अन्तिममा उपभोक्ताले नै तिर्ने हो अनि उपभोक्ताले नै तिर्ने भएपछि सुन ब्यवसायीको आन्दोलन किन त ?
किनभने,

👉️ नेपाल र भारत बिच खुल्ला सीमाना छ। नेपालमा भन्दा भारतमा सुनमा लगाईने कर घटाएर ६% मात्रै कायम गरेको हुनाले उता सुन सस्तो पर्छ अनि पहिले नेपालबाट सुन भारततर्फ तस्करी हुन्थ्यो भने अहिले भारतबाट नेपाल तर्फ तस्करी हुन थालेको छ।

👉️ प्रबिधि र कच्चा पदार्थमा नेपाल पुर्ण रुपमा भारतीय बजारमा निर्भर छ। नेपाली बजारमा चल्तीमा रहेका आधा भन्दा बढी गहनाहरु भारतीय बजारमा चल्तीमा रहेका डिजाइन नै छन् भने ती गहना बनाउने कालीगड पनि भारतीय नै छन्।

👉️ यसैपनि पुर्खौली पेशाको उचित सम्मान र ब्यवस्थित नभएर सीपकर्मी/पेशाकर्मी दक्ष कालीगड पलायन हुँदा नेपाली परम्परा र मौलिक गहनाको डिजाइन मासिंदै गएको छ भने माग अनुसार उत्पादन हुन नसक्दा नेपाली परम्परागत/मौलिक जातिय पहिचानको गहनाहरु लोप हुने अवस्थामा पुगिसकेको छ।
👉️ सुनचाँदी ब्यवसायको लागि राज्यको तर्फबाट उचित ऐन/कानुन र निर्देशिका अझैसम्म नभएकोले ब्यवासायी प्रति राज्य प्रशासनले गर्ने ब्यवहार र आम उपभोक्ताको हेर्ने र बुझ्ने दृष्टिकोण राम्रो छैन।

👉️ स-साना ब्यवसायी/कालीगड जसको हातमा सीप छ, थोरै लगानी नि छ तर ५००/१००० ग्राम सुन किन्ने क्षमता छैन, उनीहरूले पनि राज्यको कानुन बमोजिम कर तिरेर आवश्यक मात्रामा न्युनतम ५० ग्राम सम्म सुन किन्न पाउनुपर्छ। किनकि सिजनको बेला सुनमा कालो बजारी हुने समस्या नेपाली बजारमा नौलो हैन।

👉️ गत मंसिर महिनामा हालको अर्थमन्त्रीले नै भारतीय बजारमा सुनको TAX घटाएकोले बैंकको सुन बिक्री नभएर तस्करी रोक्न भन्दै नेपालमा पनि १०% कर घटाएको कुरा बिर्सनु हुँदैन। एकातिर सिधै कर घटाए जस्तो नि गर्ने अनि अर्कोतिर घुमाउरो बाटोबाट ब्यवसायी मार्फत् घटाएको कर भन्दा नि बढी असुल्ने राज्यको नीतिले खुल्ला सीमा भएको भारतिय बजारसंग नेपाली ब्यवसायीले प्रतिस्पर्धा गर्न सक्दैनन् र पलायन हुन बाध्य हुन्छन्।

👉️अनि नेपालमा भन्दा भारतमा सुनको मुल्य कम भएको मौका छोपी केही ब्यापारीले ७% जर्ती मात्रै लाग्ने ज्याला लाग्दैन भनेर नेपाली सुनचाँदी ब्यवसायलाई अस्तब्यस्त पारेको पनि बिर्सनुहुन्न। अहिले फेरि उनै ब्यापारीहरु गहना बनाउँदा जर्ती नै लाग्दैन, ज्याला मात्रै लाग्छ भन्ने हल्ला गर्दैछन्।

👉️नेपाली समाजमा अझैपनि सुनलाई अप्ठ्यारोको सम्पत्तिको रूपमा लिईन्छ। विभिन्न जातजाति र समुदायको जन्मदेखी मृत्युसम्मको विभिन्न संस्कार, बिहे-ब्रतबन्ध, पुजाआजा र धर्मकर्म आदिमा सुन चाँदीको प्रयोग अनिवार्य नै छ। यसर्थ सुन बिलासी बस्तु कदापि हैन।

✊ आन्दोलन किन जायज छ?

👉️ “जब करले ब्यवसाय ठप्प हुन्छ र व्यवसायी पलायन हुने अवस्था आउँछ अनि त्यो करले समाजको संस्कारलाई अपमान गर्छ भने, त्यस्तो करको विरोध गर्नु अपराध होइन, कर्तव्य हो।”

[नोट: नितान्त ब्यक्तिगत बिचार हो, प्राबिधिक त्रुटि हुनसक्छ]

Address

HETAUDA 2 KANTIRAJPATH Bazzar
Hetauda Bazar
FAPARBARIBAZAR

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97757590796

Website

Alerts

Be the first to know and let us send you an email when Safal saugat gold and silver jewellers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Safal saugat gold and silver jewellers:

Share