08/08/2025
Source : Sunil Ulak
बि.सं. १९९० सालको महाभूकम्प पछि काठमाडौ उपत्यका तहसनहस भएको थियो । यहाँका कतिपय मठमन्दिर तथा संरचनाहरु ध्वस्त भएका थिए । राणा श्री ३ जुद्धशमशेरको समय थियो । कति संरचना बनाइए । कति संरचना बनेनन् । कति संरचना बनाइए पनि वास्तविक रुपमा भन्दा भिन्न स्वरुपमा बनाइयो ।
नेपालमा नै पर्याप्त बास्तुकारहरु रहे पनि लुम्विनीमा पूननिर्माणका लागि आइपुगेका भारतीय इञ्जिनियर गोकुल चन्द्र नग्रथलाई जुद्धशमशेरले काठमाडौ बोलाएका थिए । तर यहि बिच अचानक नग्रथको निधन भए पछि कतिपय पूननिर्माणका काम अधुरै रहेको थियो ।
मल्लकाल तथा लिच्छवीकाल देखि नै भक्तपुर शहरमा चारैतिर ढोका राखेर सुरक्षित बनाइएको थियो । त्यस समय शहर पस्नै मूलढोकाहरुलाई प्रतोली भनिन्थ्यो । भक्तपुरको पूर्वतर्फ च्याम्हासिंह ध्वाका, पश्चिममा भार्वाचो ध्वाका, उत्तर तर्फ महाकाली ध्वाका, दक्षिणमा माकचो ध्वाका बनाइएको थियो । त्यस्तै उत्तर पूर्वमा मूलध्वाका ख्वाप लायकु नजिकै ब्यासी तर्फ ब्यासी ध्वाका, अर्को सुगलध्वाका, लास्कु ध्वाका, खौमा ध्वाका, इटाछे ध्वाका, भेलुख्य ध्वाका, भः ध्वाका गरि बिभिन्न ढोकाहरु बनाइएका थिए ।
गोर्खाली राजा पृथ्वीनारायण शाहले भक्तपुर आक्रमणको लागि भने हाल ख्वपः कलेज नजिकै रहेको च्याम्हासिंह ध्वाकाबाट नै भक्तपुर लायकु प्रवेश गरेका थिए ।
यहाँ राखिएको तस्विर १०० वर्ष भन्दा अगाडि बि.सं १९७८ मा खिचिएको हो । ९० सालको भहाभूकम्प भन्दा पहिले खिचिएको यस तस्विरमा भएको ध्वाकाको बारेमा मलाई बिशेष जानकारी भएन । यो ध्वाका इटाछे ध्वाका हो कि भन्ने लागेको छ ।