15/08/2026
Gold र Silver दुवै बहुमूल्य धातु हुन्, तर लगानी सुरु गर्ने हिसाबले यी दुईको starting point निकै फरक छ।
Gold लाई लामो समयदेखि सम्पत्ति जोगाएर राख्ने माध्यमका रूपमा हेरिँदै आएको छ। तर यसको मूल्य धेरै भएकाले Gold मा लगानी सुरु गर्न ठूलो budget आवश्यक पर्न सक्छ।
Silver मा भने तुलनात्मक रूपमा सानो रकमबाटै लगानी सुरु गर्न सकिन्छ। एक तोला Gold किन्न लाखौं रुपैयाँ लाग्न सक्छ भने Silver धेरै कम रकमबाट किन्न सकिन्छ। त्यसैले सानो रकमबाट सुरु गरेर विस्तारै आफ्नो Silver holdings बढाउँदै लैजान सकिन्छ।
नेपालमा यी दुईको उपलब्धतामा पनि फरक छ। Pure gold bullion मा सर्वसाधारणको पहुँच सीमित भएकाले व्यक्तिगत खरिदकर्ताले Gold प्रायः jewellery को रूपमा किन्ने गर्छन्। अर्कोतर्फ, Silver bullion व्यक्तिगत खरिदकर्ताका लागि तुलनात्मक रूपमा सहज रूपमा उपलब्ध छ।
Silver को industrial demand पनि भएकाले Gold र Silver ले लगानीमा फरक-फरक भूमिका खेल्न सक्छन्।
Gold लाई परम्परागत रूपमा सम्पत्ति जोगाउने माध्यम मानिन्छ भने Silver ले कम रकमबाट precious metals मा लगानी सुरु गर्ने अवसर दिन्छ, जसको माग investors सँगै विभिन्न industries बाट पनि आउँछ।
सानो रकमबाट सुरु गर्नुको अर्थ सम्भावना पनि सानो हुन्छ भन्ने होइन। अन्ततः Gold वा Silver मध्ये के रोज्ने भन्ने कुरा तपाईंको budget र long-term financial goals मा निर्भर गर्छ।